२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने



काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष थप खस्किने प्रक्षेपण गरिएको हो । “कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रुपमा देखिएका समस्याको असर नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा देखिनेछ”, एडिबीले भनेको छ ।

नेपालको पर्यटन क्षेत्र र रेमिट्यान्स आप्रवाहमा विश्वव्यापी आर्थिक मन्दिको प्रत्यक्ष असर देखिन सक्ने एडिबीले जनाएको छ । त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्नु, नतिजा केन्द्रित लगानी योजना नहुनु, वित्तीय व्यवस्थापनमा समस्या हुनु र आयोजना कार्यान्वयनका लागि पूर्वतयारीका काममा धेरै समय लाग्नुलाई न्यून आर्थिक वृद्धिदरको कारणका रुपमा देखाइएको छ ।

नेपालको अर्थतन्त्रमा बढी योगदान भएका कृषि, सेवा, उद्योग क्षेत्रलगायतको वृद्धिदरमा यसवर्ष गिरावट आउने अनुमान एडिबीको छ । “सन् २०२२ मा दुई दशमलव तीन प्रतिशत अनुमान गरिएको नेपालको कृषि क्षेत्रको वृद्धिदर यसवर्ष दुई प्रतिशतमा खुम्चिनेछ । त्यस्तै, सेवा क्षेत्र चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण छ”, एडिबीको प्रतिवेदनमा भनिएको छ । सन् २०२२ मा सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत अनुमान गरिएकोमा यसवर्ष एक दशमलव पाँच प्रतिशत विन्दुले घट्ने प्रक्षेपण गरिएको हो । उच्च ब्याजदर, केही वस्तुमा आयात प्रतिबन्धको नीति, गार्हस्थ्य खपतमा गिरावट र बाह्य वस्तुको उपभोगका कारण औद्योगिक क्षेत्रको वृद्धिदर खुम्चने अनुमान एडिबीको छ ।

त्यस्तै घरजग्गा कारोबार र खुद्रा व्यापार क्षेत्रले अर्थतन्त्रमा पु¥याउने योगदानको वृद्धिदर पनि घट्ने अनुमान छ । सन् २०२३ मा नेपालले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने अनुमान एडिबीको छ । यसवर्ष मूल्यवृद्धि सात दशमलव चार प्रतिशतसम्म पुग्ने अनुमान छ । सन् २०२२ मा नेपालको मूल्यवृद्धि छ दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको थियो ।

तर अर्कोवर्ष अर्थात् सन् २०२४ मा भने नेपालको मुद्रास्फीति केही नियन्त्रणमा आएर छ दशमलव दुई प्रतिशतमा कायम रहने अनुमान गरिएको छ । त्यस्तै, यसवर्ष सरकारको चालु खाता घाटा चार प्रतिशतले खुम्चने अनुमान गरिएको छ ।

एडिबीले सन् २०२३ मा एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशत र औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहने अनुमान गरेको छ । केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने जनाएको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा पाँच दशमलव एक र २०२३/२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ३१ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary