२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पहिलो तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर



काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो ।

“आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।

उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५ दशमलव आठ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । यसैगरी, निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खननको मूल्य अभिवृद्धि ११ दशमलव चार प्रतिशतले बढेको छ ।

वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३ दशमलव दुई प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११ दशमलव सात प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक देखिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर एक दशमलव चार प्रतिशत हुने अनुमान गरिएको छ । धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्याङ्क कार्यालयले जनाएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालु आवको पहिलो त्रैमासिक अवधिमा एक दशमलव दुई प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : ५० बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी