३० असार २०८३, मंगलबार | July 15, 2026

नेपालगन्जमा युवा संघको राष्ट्रिय महाधिवेशनको तयारी तिब्र



नेपालगन्ज । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने क्रममा उदघाटनसत्रमा जनपरिचालन गर्ने एमाले बाँकेले निर्णय गरेको हो ।

नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको नेकपा एमाले केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले बताए । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको जनपरिचालन समिति संयोजक समेत रहेका ढकालले महाधिवेशन उद्घाटन समारोहमा एमालेले बाँकेका ८१ वटै वडाबाट दशौं हजार जनता नेपालगन्ज उतार्ने तयारी गरेको बताए ।

राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनलाई बाँकेमा अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानसँगै प्रचार प्रसार र तयारी भएको उनको भनाई छ ।

युवा संघका केन्द्रीय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज एवम् ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सह संयोजक सुमन पुरीले नेपालगन्जमा राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल पार्न युद्धस्तरमा तयारी भएको बताए ।

उनले प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भईरहेको जानकारी दिए ।

महाधिवेशन आवास तथा खाद्यान्न समिति संयोजक एमाले बाँकेका युवा नेता रबिन्द्र लम्सालले देशभरीका दुईहजार प्रतिनिधि र अतिथिहरुको खाने बस्ने व्यवस्था गरिएको बताए । उनले नेपालगन्ज र कोहलपुरका होटलमा प्रतिनिधिहरुलाई बासको व्यवस्था गरिएको जानकारी दिए ।

चैत्र २७ गते नेपालगन्जमा एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम तय भएको एमाले बाँकेका आर्थिक विभाग प्रमुख अशोक कर्माचार्यले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : २७ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित