४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको नयाँ गाउँमा लुम्बिनी सिटी क्याम्पस उद्घाटन



बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालय अन्र्तगतका पहिलो विस्तारित कलेज लुम्बिनी सिटी क्याम्पस बुटवल-१२ नयाँ गाउँमा शुभारम्भ गरिएको छ ।

बुद्धिजमका विविध विषयमा पढाई हुदै आएको यो क्याम्पसको औपचारिक रुपमा सोमबार बुधबार गरिएको हो । एक कार्यक्रमका विच नेपाल सरकारका पुर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिटी कलेजको शिलालेख अनावरण गरि उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर २ का सांसाद समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुटवलाई शैक्षिक नगरीको रुपमा शिक्षाको हवको रुपमा विकास गरिने बताए । उनले लुम्बिनी बौद्ध विश्व विद्यालय चाहिन्छ भन्ने अभियानमा आफुले लामोसमय देखि नै पहल गर्दै आएको बताउँदै काठमाडौंमा रहेको लुम्बिनी विश्व विद्यायलले लुम्बिनीमा केन्द्रीय कार्यालय स्थापना गरेर छाटो समयमा राम्रो प्रगति गरेको बताए ।

लुम्बिनी विश्व विद्यालयललाई राज्यले निरन्तर सहयोग गर्नुपर्ने भन्दै यसको जिम्म सरकारले लिएर सबै प्रक्रिया अगाडी बढाउनको लागि आग्रह समेत गरे । उनले राज्य संयन्त्रले बौद्ध शिक्षाको लागि लगानी गर्नुको विकल्प नभएको बताए बताए ।

विकासका दृष्टिकोणले रुपन्देहीलाई देशकै नमुना जिल्लाको रुपमा विकास गर्न सफल भएको बताउँदै उनले शिक्षा क्षेत्रमा पनि रुपन्देही देशमा नै अग्रणी जिल्लाको रुपमा आएको बताए । जनताको साथ, सर्मथनबाट रुपन्देही एउटा नमुना जिल्लाको रुपमा देशमा मात्रै नभएर विदेशमा पनि पहिचान बनाउन सफल हुने बताए ।

लुम्बिनी विश्व विद्यालय संगको सहकार्यलाई विटीआईलाई ईन्जीनियरिङ्ग कलेजको रुपमा विकास गर्ने गरी काम अगाडी बढाउनको लागि आफुले सक्दो सहयो गर्ने बताए । बुटवल उपमहानगरपालिकाले समेत यो विषयमा चासो देखाएको भन्दै उनले सबैको साथ र सहयोगले त्यो कामले सार्थक पाउने बताए ।

विटीआईलाई एउटा आंगिक ईन्जीनियरिङ्ग कलेजको रुपमा विकास गर्ने गरी काम अगाडी बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसाद भोज प्रसाद श्रेष्ठले बौद्ध शिक्षा, दर्शनको महत्व पछिल्लो समयमा बढ्दै गएको भन्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका आंगिक क्याम्पसहरु देशैभरी नै विस्तार हुनुपर्ने बताएका थिए ।उनले प्रदेश सरकारले यसको लागि सहयोगन गर्न तयार रहेको बताए ।

पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुर्दशन बरालले लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी कलेज स्थापनको लागि आफु मन्त्री हुँदा ठुलो पहलबाट नै अहिलेको संभव भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी बौद्ध विश्व विद्यालयको योजना अव सबै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी काम अगाडी बढाउने बताएका थिए । उनले अहिले विश्व विद्यालयमा बौद्ध, दर्शन, शिक्षा सहित पर्यटन, व्यवस्थापन र कानून विषयमा समेत अध्यापन भैरहेको जानकारी दिदै स्थापनाको लामो समय पछि लुम्बिनीमा नै केन्द्रीय कार्यालय स्थापना गरी काम गर्न सफल भएको बताए । उनले केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालन गरेपश्चात विद्यार्थीहरुको चाँप क्याम्पसमा बढ्दै गएको समेत बताएका थिए ।

५ करोड २० लाख ५० हजार लागत २ तले शैक्षिक भवन निर्माण गरिएको हो । कार्यक्रममा नयाँगाउँ माध्यमिक विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, प्रध्यापक संघका पूर्व अध्यक्ष बल बहादुर पाण्डे लगायतले बोलेका थिए ।

कार्यक्रम सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको सञ्चालनमा भएको थियो । सिटी क्याम्पसका लागि ५ करोड २० लाख ५० हजार लागतमा २ तले शैक्षिक भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ५९ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा