२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिता : धावक दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधी



लुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।

अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहीबार २१ किलोमिटरको दुरीमा प्रतियोगिता गराएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दुरी पुरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए ।

यस्तै महिलातर्फ २१ किलोमिटरको दुरी नेपाल प्रहरीका पछाइले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तृतिय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चतुर्थ भए ।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ठ १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तृतिय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चतुर्थ भइन् । दुवै विधामा द्धितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार रुपैया नगद पुरस्कार पाए ।

पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाचौं र महिनदेव जोशी छैटौं भए । एपिएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं , प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए । यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल छैटौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट आठौं सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौ र शारदा शाही दशौं भइन् ।

प्रतियोगितामा दुवै विधाका पाचौंले २० हजार, छैटौले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दशौंले ५, ५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताका विजेतालाई अपरान्ह आयोजना हुने मूल समारोहमा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले प्रमाणपत्र वितरण गर्ने छन् । प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रेको अध्यक्ष ध्रुव आचार्यले बताए ।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरु म्याराथनमा उत्रेका थिए । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ११ : २८ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै