१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशनका लागि गौतम प्यानलले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धता



बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि बाबुराम गौतमको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको छ ।

शनिबार चैबदेल४ र २५ गते हुने संघको २२ औं साधारण सभा तथा ११ औं अधिवेशनको उम्मेदवारी घोषणा गर्दै विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

सो अवसरमा प्यानलले एक दर्जन प्रतिवद्धता सार्वजनिक गरेको छ । उक्त प्यानलले सचिवालय भवनको स्तर उन्नति गरी अध्याधुनिक हल निर्माण गर्ने, कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, व्यवसायिक सहकारी स्थापना गर्ने तथा नेपाल सरकार पर्यटन मन्त्रालयसँग सहकार्य गरी पर्यटन सूचना केन्द्र स्थापना गर्ने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

यसैगरी आर्थिक मन्दीका कारण मारमा परेका व्यवसायीका लागि आर्थिक पक्षमा टेवा पुऱ्याउनको लागि नेपाल सहरकारसँग राहत व्याकेजको माग गर्ने, घर बहाल घटाउनका लागि घरबेटी तथा सरोकारवालासँग पहल गर्ने, सडक खाना महोत्सव नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्ष गरी वर्षमा २ पटक गर्ने, रक्तदान कार्यक्रम संघको आफ्नै ग्रुप बनाई अझ व्यवस्थित गरी व्यवसायीलाई पूर्ण रुपमा रक्तसेवा प्रदान गर्ने तथा व्यवयासी गुनासो तथा सुझाव पेटिका राख्ने प्रतिवद्धतामा उल्लेख छ ।

त्यस्तै दोहोरो तेहोरो कर प्रणालीलाई एकद्वार कर प्रणालीको लागि पहल गर्ने, व्यवसायिक समस्या समाधान गर्नका लागि कार्यालयमा हेल्प डेक्स निर्माण गर्ने र रात्री कालिन व्यवसाय संचालन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गरी २४ सै घण्टा होटल तथा रेष्टुरेण्ट सेवा संचालन गर्नको लागि पहल गर्ने उल्लेख गरिएको छ ।

बाबुराम गौतम अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा माधव खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश), द्वितीय उपाध्यक्ष खेमराज ज्ञवाली, महासचिवमा मोहनलाल पाण्डे, सचिव डिल्लीराज अर्याल, सहससचिव मोहन बस्याल (सत्यमोहन), सह कोषाध्यक्ष माधव ढकाल उम्मेदवार रहेका छन् ।

सदस्यहरुमा एक बहादुर गाहा मगर, एकादेव पाण्डे, तिरास लाम्टाङ्गे मगर, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डे, यज्ञमुर्ती भण्डारी, सीता ढकाल र सुन्दरकुमार श्रेष्ठ रहेका उम्मेद्वार रहेका छन् । १२०३ व्यवसायी आवद्ध रहेको संघको कोषाध्यक्ष पदका लागि यसअघि नै राम बहादुर न्यौपाने निर्विरोध भैसकेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ६ : ०३ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,