२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

अन्तर्राष्टिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम



लुम्बिनी । प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद दिवसको अवसरमा विहिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ सम्पन्न भएको हो ।

म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा दूरी पार गरेका थिए । २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड लिदै नेपाल प्रहरीका करण खड्का दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेण्ड समय लिँदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् । खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधीलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेको गेट अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ६ : ०७ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात