२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो ।

सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख छ ।

यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् ।

६ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ । इजाजतपत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ४३ बजे

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी