३० असार २०८३, मंगलबार | July 15, 2026

साउदी र इरानी परराष्ट्रमन्त्रीकाे बेइजिङमा बार्ताः एक अर्काको देशमा दुतावास खोल्ने सहमति



बेइजिङ । साउदी अरब र इरानका बिचमा एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ ।

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि उक्त सहमति भएको हो । चीनले साे वार्ताकाे मध्यस्थकर्ता गरेकाे थियाे ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार गत मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक सहमति भएकाे थियाे । साे सहमति पछि कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि दुवै देशले राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति कायम गरेका हुन ।

इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियान र साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउदबीच एकअर्काको देशमा दूतावास तथा वाणिज्य दूतावास खोल्ने सहमति बने अनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाईएको छ ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्तकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने बिषयमा सहमति गरेका हुन् । समाचारअनुसार एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलहरुको द्धिपक्षिय भ्रमणलाई पुनः निरन्तरता दिने, ब्यापार खुल्ला राख्ने तथा हजलगायतमा इरानी नागरिकलाई आउन सहज गर्नेलगायतका बिषयमा दुवै पक्ष बिच सहमति कायम भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ३१ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित