१६ बैशाख २०८१, आइतबार | April 29, 2024

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आएका छन् । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो ।

मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए । प्रतिस्पर्धामा सहभागीका मनमस्तिष्क पुराना यादले भरिए । प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो भए ।

शारीरिक प्रतिक्रिया र अनुहारको भाव हेर्दा लाग्थ्यो उनीहरु प्रतिस्पर्धामा नभई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यमा भेला भएर दुनाटपरी गाँसिरहेका छन् । उनीहरुले प्रतिस्पर्धाको कुरा बिर्सिएर विगतमा गाउँघरमा भएका विवाह, व्रतबन्धजस्ता कार्यमा भेला भएर दुनाटपरी गाँसेको सम्झिदै रमाइलो अनुभूति गरे ।

“पहिलाजस्तो दुनाटपरी गाँस्ने र प्रयोग गर्ने चलन हराउँदै गयो, विभिन्न कार्य हुँदा गाउँघरका महिला दिदीबहिनी भेला भएर दुनाटपरी गाँस्ने चलन थियो, एकअर्कालाई सघाइन्थ्यो, आजकल त्यस्तो छैन, धेरै पछि यति धेरै भेला भएर टपरी गाँस्दा पुरानो याद आयो, सिक्ने सिकाउने अवसर मिल्यो, रमाइलो भयो”, प्रतिस्पर्धी भीमा थापाले भने । जन्मदेखि मृत्युसम्मका विभिन्न कर्मकाण्डमा चाहिने टपरी अहिलेको पुस्ताले बिर्सिएकामा उहाँले चिन्ता व्यक्त गरे । टपरी बुन्ने प्रतियोगिताले सीप आदानप्रदान भएको र यसबारे नयाँ पुस्तालाई जानकारी गराउन मद्दत पुगेको उनको भनाइ छ ।

हाङ्देवाकी लक्षिमा देवीले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनलाई पनि पुरानै याद आयो । उमेरमा आफ्नै घरमा र थुप्रै छरछिमेक, आफन्तकहाँ विवाह, व्रतबन्ध आदि कार्यमा भेला भएर दुनाटपरी गाँसेको झलझली सम्झिएको उहाँले बताए ।

“धेरै समय पछि यतिका धेरै जना भेला भयौँ, धेरै रमाइलो भयो”, उनले भने। प्रतियोगितामा दुई पुरुषसमेत सहभागी थिए । सहभागीमध्ये फुङलिङका ६८ वर्षीय लोचन दाहालले टपरी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकाले सीप विकासतर्फ ध्यान दिनुपर्ने बताए । विजेता बन्नेभन्दा पनि राम्रो कामको सम्मान गरौँ भनेर भाग लिएको उनको भनाइ थियो ।

“दुनाटपरी गाँस्ने, प्रयोग गर्ने चलन हरायो, मौलिक वस्तुको संरक्षण र परम्परागत सीपको विकास तथा विस्तार गर्नुपर्छ, अहिलेका नयाँ पुस्तालाई पनि टपरी बुन्ने सीप सिकाउने कार्यक्रम सरोकारवाला निकायले ल्याउनुपर्छ”, दाहालले भने ।

प्रतिस्पर्धामा भाग लिएर सीप आदानप्रदान गर्ने, नयाँ पुस्तालाई सीप सिकाउनुपर्छ, टपरी गाँस्ने, प्रयोग गर्नुपर्छ भन्नेजस्ता कुरा गरिरहेका वृद्धवृद्धामाझ युवा पुस्ताका प्रतिस्पर्धी भने कोही पनि थिएनन् । “युवा पुस्तामा टपरी बुन्ने सीप नभएर वा लजाएर पनि सहभागी नभएका होलान, टपरीको चलन नै हराएको छ”, प्रतियोगितास्थलमा भेटिनुभएका भीम गुरुङले भने। यस्तो प्रतियोगिताले पुराना सीप र मौलिक वस्तुको पुनःउत्थानमा सहयोग मिल्ने उनको भनाइ छ । मेसिन र औजारबाटभन्दा परम्परागत विधिबाटै टपरी बनाउँदा सर्वसाधारणलाई रोजगारी मिल्ने साथै स्वास्थ्यका दृष्टिले समेत फाइदा पुग्ने गुरुङ बताउछन् ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा बनाइएको हुन्छ । सालको पातलाई शुद्ध मानिने भएकाले यसैबाट बनेका टपरी जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्ने परम्परा छ । तर पछिल्लो समय बजारमा मेसिन तथा औजारबाट बनेका टपरी पाउन थालेपछि बाँसको सिन्काले गाँसेर बनाउने चलन हराउँदै गएको छ । यसको प्रयोग गर्ने क्रम पनि घट्दो छ ।

सालको पातका टपरीलाई शुद्ध भाँडोका रुपमा लिने गरिएको छ । योसँगै केही वर्षअघिसम्म गाउँघरमा हुने विभिन्न कार्यमा खाना खाने प्रयोजनमा समेत टपरी गाँस्ने गरिन्थ्यो । क्रमशः स्टिल र प्लाष्टिकका भाँडा पाउन थालेपछि विवाह, व्रतबन्धलगायत कार्यमा टपरीको प्रयोग हुन छाडेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ५१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क