१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अमिषा पटेलविरुद्ध अदालतद्वारा वारेन्ट जारी



मुम्बई । बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’ का कारण चर्चामा छिन् । लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन् । यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ ।

उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले पटक पटक तारीख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन् । अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ ।

अब मुद्धाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ । यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैंयाँ धोखाधडीको आरोप छ । राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए ।

अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए ।

फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो । तर सुटिङ भएन । त्यहीबेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए ।

अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन् । तर चेक बाउन्स भएपछि उनले अमीषाविरुद्ध उजुरी दिएका हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा