३१ असार २०८३, बुधबार | July 15, 2026

नेपाली लेखक संघ रूपन्देहीको सातौं अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा नँया नेतृत्व चयन



बुटवल । नेपाली लेखक संघ रूपन्देहीको सातौं अधिवेशन सम्पन्न भएको छ । रूपन्देहीको मणिग्राममा शुक्रबार अधिवेशन भएको हो ।

संघका जिल्ला अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विभिन्न विधाबाट ५ जनालाई दोसल्ला तथा प्रशंसा पत्रले सम्मान प्रदान गरिएको छ ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि खांणले लेखक बन्न निकै गाह्रो हुने भन्दै पठनको संस्कृति बिकास गर्नपर्ने बताए । उनले समाज रमाइलोतिर उन्मुख भएको भन्दै उनले समाज रूपान्तरणका लागि लेखकहरूको अहम भुमिका रहने उल्लेख गरे ।

सो अवसरमा बोल्दै नेपाली लेखक संघमा लुम्बिनी प्रदेश संयोजक बनमाली निराकारले लेखन र पठन संस्कृतिको बिकासका लागि संस्था क्रियाशिल भैरहेको बताए । कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, सम्मानित व्याक्तित्वहरू प्रा.डा बाबुराम ज्ञवाली, युवराज कडेल, हरि अर्याल, तेजु अर्याल, माधव गौतम, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त पराजुली, संघका उपाध्यक्ष लिलाधर पाण्डेय, सचिव कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

आजै सम्पन्न अधिवेशनले लिलाधर पाण्डेयको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्ष सरस्वती बस्याल, सचिब मधुसुधन पोखरेल,सहसचिव शिवप्रसाद अर्याल, कोषाध्यक्ष केशवराज घिमिरे निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै सदस्यमा यमलाल भट्टराई, उद्धब देबकोटा, भिमलाल भुसाल, गोपिकृष्ण भण्डारी, रिता पराजुली, सिर्जना पौखरेल त्यस्तै प्रदेश प्रतिनिधि चन्द्रकान्त पराजुली, कपिल ज्ञवाली, राधा भट्टराई निर्वाचित भएका छन । निर्वाचन मण्डलको संयोजकमा बनमाली निराकार, सदस्यमा स्थानेश्वर बस्याल, मोहन भट्टराई, सरोज न्यौपाने रहेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : २२ बजे

फ्रान्सलाई २-० ले हराउँदै स्पेन विश्वकप फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई