९ पुस २०८२, बुधबार | December 24, 2025

नेपाली लेखक संघ रूपन्देहीको सातौं अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा नँया नेतृत्व चयन



बुटवल । नेपाली लेखक संघ रूपन्देहीको सातौं अधिवेशन सम्पन्न भएको छ । रूपन्देहीको मणिग्राममा शुक्रबार अधिवेशन भएको हो ।

संघका जिल्ला अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विभिन्न विधाबाट ५ जनालाई दोसल्ला तथा प्रशंसा पत्रले सम्मान प्रदान गरिएको छ ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि खांणले लेखक बन्न निकै गाह्रो हुने भन्दै पठनको संस्कृति बिकास गर्नपर्ने बताए । उनले समाज रमाइलोतिर उन्मुख भएको भन्दै उनले समाज रूपान्तरणका लागि लेखकहरूको अहम भुमिका रहने उल्लेख गरे ।

सो अवसरमा बोल्दै नेपाली लेखक संघमा लुम्बिनी प्रदेश संयोजक बनमाली निराकारले लेखन र पठन संस्कृतिको बिकासका लागि संस्था क्रियाशिल भैरहेको बताए । कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, सम्मानित व्याक्तित्वहरू प्रा.डा बाबुराम ज्ञवाली, युवराज कडेल, हरि अर्याल, तेजु अर्याल, माधव गौतम, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त पराजुली, संघका उपाध्यक्ष लिलाधर पाण्डेय, सचिव कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

आजै सम्पन्न अधिवेशनले लिलाधर पाण्डेयको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्ष सरस्वती बस्याल, सचिब मधुसुधन पोखरेल,सहसचिव शिवप्रसाद अर्याल, कोषाध्यक्ष केशवराज घिमिरे निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै सदस्यमा यमलाल भट्टराई, उद्धब देबकोटा, भिमलाल भुसाल, गोपिकृष्ण भण्डारी, रिता पराजुली, सिर्जना पौखरेल त्यस्तै प्रदेश प्रतिनिधि चन्द्रकान्त पराजुली, कपिल ज्ञवाली, राधा भट्टराई निर्वाचित भएका छन । निर्वाचन मण्डलको संयोजकमा बनमाली निराकार, सदस्यमा स्थानेश्वर बस्याल, मोहन भट्टराई, सरोज न्यौपाने रहेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : २२ बजे

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),