५ चैत्र २०८२, बिहिबार | March 19, 2026

समान अवस्था र विशेषता भएका शहरहरुका बीचको साझेदारीले समृघ शहर बनाउ सकिन्छ : नगर प्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीच विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीच साझेदारी गर्दा समृद्ध शहर बनाउन सहज हुने बताए ।

उनले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट शहरहरुको अनुभव र उपलब्धिलाई अंगाल्दै समृद्ध शहर बन्ने गरी काम गर्न इच्छुक रहेको बताए । एशियाली मुलुकका नगरहरुको समान विकासका लागि एकआपसमा सहकार्य गर्न जरुरी रहेको बताउँदै उनले अबका शहरहरुको विकास भौतिक विकासमा मात्रै केन्द्रित नभइ मानव संसाधनको विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताए ।

उनले बुटवलले मानव संसाधनका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन र खपतमा ध्यान दिएको भन्दै अरु मुलुक र नगरहरुबाट थप अनुभव लिएर काम गर्ने बताए । बुटवलमा पीपीपी मोडलमा केही सफल अभ्यासहरु भइरहेको र यसले अन्य शहरहरुलाई सिकाइ हुनसक्ने पनि बताए ।

प्रमुख पाण्डेयले बुटवल धेरै जिल्लाबाट बसाइ सरेर आएकाहरुको शहर भएकाले बुटवलको विकास र आवश्यकता असीमित रहेको बताए । सम्बोधनका क्रममा उनले सम्मेलनमा सहभागी नगरका प्रमुखहरुलाई बुटवल भ्रमणको निम्तो पनि दिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ३८ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८