२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

त्रिशुली नदीमा जीप खस्दा एक जना बेपत्ता



काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ ।

जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१-०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

जीपमा सवार झापा घर भएका २७ वर्षीय सुरेश चौधरी बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ ।

घाइते भएका चालक गुल्मीको रेसुंगा नगरपालिका-१० बस्ने ३७ वर्षीय सुजन थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०८ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन