११ माघ २०८२, आइतबार | January 26, 2026

विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु भएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका आयोजकसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली जातिको भाषा, संस्कृति र कलाको संरक्षण र सम्बद्र्धनका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सरकारले गर्नुपर्ने यस्ता कार्य स्वयंसेवी रुपमा सम्पन्न गर्न लागेकामा आयोजक संस्थालाई धन्यवाद दिए ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारका ५० भन्दा बढी देशबाट छानिएका नेपाली कलाकार हाल काठमाडौँ आएका छन् । प्रधानमन्त्री प्रचण्डले संसारमा रहेका नेपाली नागरिकलाई यसरी कला र संस्कृतिका लागि एक ठाउँमा जम्मा पार्ने कार्यको प्रशंसा पनि गरे ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा बोर्ड सदस्यद्वय केबि कार्की र ओम गुरुङसहितको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरे ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए ।

त्यस अवसरमा अध्यक्ष अधिकारीले आफ्नो मातृभूमिमा आउँदा पनि विदेशी नागरिकजस्तो भएर आउनुपर्ने अवस्थाको अन्त्य गर्न तथा सबै देशमा रहेका गैरआवासीय नेपालीहरूलाई समान मान्यता दिन यससम्बन्धी कानुनमा आवश्यक संशोधन गर्न आग्रह गरेका थिए ।

सो प्रतियोगिताको ‘साइटलेस अडिसन’ काठमाडौँमा सुरु भएको छ । उक्त प्रतियोगिताको गायन र नृत्यमा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : ०० बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन