३१ असार २०८३, बुधबार | July 15, 2026

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको मतदान सकियो, ८८.५% प्रतिशत मतदान



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । सम्पन्न मतदानमा १०७० मत खसेको निर्वाचन अधिकृत दिनेश पाण्डेले जानकारी दिए । यो मत कुल सदस्यमा ८८.५% हो ।

आगमी २ वर्षको लागि नयाँ नेतृत्वमा दाबी गर्दै दुई प्यानल चुनावी मैदानमा रहेका छ । संघको कोषाध्यक्ष बाहेकका अन्य पदमा मतदान भएको हो । कोषाध्यक्ष पदमा राम बहादुर न्यौपाने निर्विरोध चयन भएका छन् । अध्यक्ष पदका लागि बाबुराम गौतम र लेखनाथ भण्डारीले दुई छुट्टाछुट्टै प्यानल बनाई चुनावी अभियानमा होमिएका छन् ।

वि.स. २०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १२०३ व्यवसायी आवद्ध रहेका छन् । बुटवल इँटाभट्टीमा अवस्थि एसियन पार्टीप्यालेसमा जारी निर्वाचन प्रक्रिया अनुसार आजनै गणना सुरु गरिने पाण्डेले जानकारी दिए ।

गौतम प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश), द्वितीय उपाध्यक्ष खेमराज ज्ञवाली, महासचिवमा मोहनलाल पाण्डे, सचिव डिल्लीराज अर्याल, सहससचिव मोहन बस्याल (सत्यमोहन), सह कोषाध्यक्ष माधव ढकाल उम्मेदवार रहेका छन् । सदस्यहरुमा एक बहादुर गाहा मगर, एकादेव पाण्डे, तिरास लाम्टाङ्गे मगर, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डे, यज्ञमुर्ती भण्डारी, सीता ढकाल र सुन्दरकुमार श्रेष्ठ रहेका उम्मेद्वार रहेका छन् ।

यसैगरी भण्डारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा चुत्र बहादुर पौडेल (टेकु), प्रथम उपाध्यक्षमा केशवराज पौडेल, द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई (जनप्रेमी), महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहज सचिवमा अर्जुन पोखरेल तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पाण्डे रहेका छन् । यसैगरी सदस्यहरुमा पिताम्बर राना, सन्तोष खड्का, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, ज्ञानप्रसाद खनाल, मनोज गुरुङ, पदम पौडेल, द्वारिकाप्रसाद न्यौपाने, दिपक योगी, कमला पाण्डे र केशवराज पाण्डे रहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : १७ बजे

फ्रान्सलाई २-० ले हराउँदै स्पेन विश्वकप फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई