१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रशिक्षार्थीले ५ तले मन्दिरबाट बजाए कर खिं बाजा



भक्तपुर । भक्तपुरको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार कर खिं को प्रदर्शन गरिएको छ । श्री भैरबनाथ साँंस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट प्रदर्शन गरिएको हो । ४ महिनाको कोर्स पूरा गरी प्रशिक्षण प्राप्त समूहमा सहभागी ३७ जनाको समूहले त्यहाँं प्रदर्शन गरिएको थियो । उनीहरु सवैजना पाँंचतल्ले मन्दिरभरि रहेर प्रदर्शन गरिएको थियो ।

प्रदशर्न हेर्न सयौंको भीड लागेको थियो । आकर्षक प्रदर्शन देखेपछि फोटो तथा भिडियो लिनेहरुको पनि भीड लागेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रशिक्षण प्राप्त महिला पुरुषहरुले बाजा बजाएर प्रदर्शन गरेका थिए ।

समूहका संयोजक एवं बाजाका गुरु श्रीभक्त सुवालले बाजा प्रशिक्षण सम्पन्न गरी सिकारुहरुको सार्वजनिकीकरणको क्रममा प्रदर्शन गरिएको हो । सिकारुहरुले दुई समूहमा गरी प्रत्येक दिन साँंझ पाँंच बजेदेखि ६ बजेसम्म एक समूह र ६ बजेदेखि ७ बजेसम्म अर्को समूह गरी उनीहरु ३७ जनाले बाजाको प्रशिक्षण लिएका थिए । प्रशिक्षणको क्रममा कोठामा मात्रै बजाउन सिक्ने उनीहरुले प्रशिक्षण पूरा भएपछि सार्वजनिक रुपमा बाजा बजाएर बजार घुम्ने प्रचलन अनुसार बजार घुम्ने क्रममा पाँंचतल्ले मन्दिरमा पनि बाजाको प्रदर्शन गरिएको जनाइएको छ ।

पाँंचतल्ले मन्दिरमा प्रदर्शनपछि उनीहरुले बजार घुमेका थिए । उनीहरुले स्थानीय नासद्यमा पुगेर बाजा बजाउन पुगेका थिए । यसअघि उनीहरु विहानै सिकारु र तिनका आफन्त भक्तपुरको पाँंचतल्ले मन्दिरसँंगै भैरबनाथको मन्दिर नजिक पुगी पूजाआजामा सहभागी भएका थिए । पूजाआजाको काम पूरा गरेपछि दिउँंसो उनीहरुले पाँंचतल्ले मन्दिरमा बाजा प्रदर्शन गरेका थिए । साथै उनीहरु बाजा बजाई भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा पनि पुगेका थिए । यसरी उनीहरु दिनभर बाजागाजा बजाएर रमाएका थिए ।

प्रशिक्षणमा ससाना बालबालिकादेखि बृद्धबृद्धा उमेरकासम्म छन् । तथापि विशेष गरेर युवायुवतीहरु बढी छन् । प्रशिक्षणमा कक्षा नौ वर्षदेखि चार दशक पार गरिसकेका महिला पुरुष सहभागी रहेको जनाइएको छ ।

कर खिं एक प्रकारको परम्परागत बाजा हो । यो धिमे जस्तो बाजा हो । तर धिमे भन्दा केही सानो रहेको हुन्छ । यो बाजा भक्तपुरमा हुने दसैं, नयांँवर्ष विस्केट जात्रालगायतका मेला महोत्सव उत्सबमा समूहसमूहमा बजाउने गरिन्छ ।

यहाँंका बाजागाजालाई जीवन्त राख्न बाजा प्रशिक्षण दिइएको बताइएको छ । भक्तपुरका कला, संस्कृति, बाजागाजालाई जीवन्त राख्न नयाँं पुस्तालाई सीप हस्तान्तरण गर्ने क्रममा समूहले बाजा प्रशिक्षण दिइएको बताइएको छ । प्रशिक्षणमा भक्तपुर नगरभरिका साथै जिल्लाका विभिन्न नगरपालिकाबासीहरु सहभागी रहेको बताइएको छ ।

जानकारहरुका अनुसार कर खिं बजाउनका लागि घटीमा पनि तीनजनाको टोली चाहिन्छ । एकजनाले कर खिं, एकजना, भुछ्या र एकजना सिछ्या गरी समूहमा घटीमा तीन जना चाहिन्छ । भक्तपुरमा बजाइने धिमे, कर खिं, धाँं झण्डैझण्डै उस्तै धिमे जस्ता हुन्छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : २५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले