१४ भदौ २०८३, आइतबार | August 30, 2026

शिशु कल्याण पाठशालाको चौथो दिक्षान्त कार्यक्रम सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमामा संचालनमा रहेको शिशु कल्याण पाठशालाले आफ्नो पाँचौ वार्षिक उत्सव चौथो बाल दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक उत्सव कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले बालबालिका भोलीको कर्णाधार भएकाले उनीहरुको शिक्षामा पाठशाला संबेदनशिल बन्नु पर्ने बताए ।

कार्यक्रममा पाठशालामा अवधि पुरा गरेका बालबालिकालाई दिक्षित गरिएको थियो भने शिशु पाठशालामा अध्ययनरत बालबालिकाले विबिध कला र संस्कृतिक प्रस्तुत गरेका थिए । दिक्षित बालबालिकालाई प्रमुख अतिथि खाण सहित पाठशालाका अध्यक्ष कृष्णप्रसाद नेपाल, वडा अध्यक्ष डिलबहादुर भट्टराई र पाठशालाका प्रिन्सिपल दिपेन्द्र नेपालले प्रशंशा पत्र सहित दिक्षित गरेका थिए ।

कार्यक्रममा पाठशालामा बिभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणनपत्र वितरण गरिएको पाठशालाका निर्देशक महेन्द्र शर्माले बताए ।

पाठशालामा दिवा आवासिय सुबिधा सहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी सम्मको अध्यापन हुने शर्माले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : ३४ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका