बुटवल । भुर्तुङ्ग, छापचौर-तराई सम्पर्क समाजले नयाँ बर्ष २०८० को अवसरमा सुभकामना आदान-प्रदान तथा क्यालेन्डर बिमोचन गरेको छ ।
शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तारा थापाले सम्पर्क समाजले सबैलाई जोड्ने काम गरेको भन्दै आफ्ना गाउँ, क्षेत्र मानिसहरुको सुखः दुखमा काम गनुपर्नै बताईन ।
गाउँमा गुणस्तरिय शिक्षा, स्वास्थ्य, सडक, खानेपनीको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले विकासका काममा सहकार्य गरेर लाग्नुपर्ने बताईन ।
कार्यक्रममा कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले भुर्तुङ्ग-छापचौर-तराई सम्पर्क समाजले आफना सदस्यहरुलाई समस्या पर्दा सहयोगी बन्दै आएको भन्दै कर्मभूमिमा मात्रैनभएर जन्मभूमीममा पनि समाजिककार्यमा शशक्त उपस्थिति रहेको बताएका थिए ।
गाउँपालिकाको विकास निमार्ण होस् शिक्षा स्वास्थ्य कुरा हुन सबै क्षेत्रमा समाजको सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष घनश्याम थापाले बजेट अभावका बीच पनि विकासका कामहरु भैरहेको बताएका थिए ।
कार्यक्रममा समाजले वनमा डढेलो लागेको आगो निभाउन जाँदा शक्तघाईते भएका कालीगण्डकी गाउँपालीका-७ खसकोटका नामु गिरी,जानु भारतीलाई नगद रु ३७ हजार ५ सय ७७ र जनालाई ७५ हजार एक सय ५४ रुपयाँ सहयोग गरीएको गरिएको सम्पर्क समाजका अध्यक्ष राजकुमार केसीले जानकारी दिए ।
उनले सामाजिक काममा समाजले विगत लामो समयदेखि काम गर्दै आएको बताउँदै आगामीदिनमा पनि थप रचनात्मक समाजिक काम गर्ने प्रतिवद्धता समेत जानएका थिए ।
भुर्तुङ्ग-छापचौर-तराइ उनले समाजले सोचे भन्दा राम्रो काम गदै आएको बताए । यसै सोही कार्यक्रममा रोजगारीकोक्रममा विदेशमा मृत्युभएका शिशिर भारतीको परिवारलाई नगद ११ हजार एक सय सहयोग गरेको थियो ।
कालिगण्डकी गाउँपालिका ७ अमराईका रेशम थापा मृगौला फेल भएको उपचारका लागि ११ हजार एक सय सहयोग गरेका गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सल्लाहकार कुल बहादुर केसी, विद्यालयका पुर्व प्रअ पुन्य गौतम, नाम बहादुर केसी, लगायतले शुभकामना दिएका थिए । सोही कार्यक्रममा नयाँ बर्ष २०८० को भित्ते पात्रो विमोचन गरिएको थियो ।




















प्रतिक्रिया