५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भुर्तुङ्ग, छापचौर-तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन सम्पन्न



बुटवल । भुर्तुङ्ग, छापचौर-तराई सम्पर्क समाजले नयाँ बर्ष २०८० को अवसरमा सुभकामना आदान-प्रदान तथा क्यालेन्डर बिमोचन गरेको छ ।

शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तारा थापाले सम्पर्क समाजले सबैलाई जोड्ने काम गरेको भन्दै आफ्ना गाउँ, क्षेत्र मानिसहरुको सुखः दुखमा काम गनुपर्नै बताईन ।

गाउँमा गुणस्तरिय शिक्षा, स्वास्थ्य, सडक, खानेपनीको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले विकासका काममा सहकार्य गरेर लाग्नुपर्ने बताईन ।

कार्यक्रममा कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले भुर्तुङ्ग-छापचौर-तराई सम्पर्क समाजले आफना सदस्यहरुलाई समस्या पर्दा सहयोगी बन्दै आएको भन्दै कर्मभूमिमा मात्रैनभएर जन्मभूमीममा पनि समाजिककार्यमा शशक्त उपस्थिति रहेको बताएका थिए ।

गाउँपालिकाको विकास निमार्ण होस् शिक्षा स्वास्थ्य कुरा हुन सबै क्षेत्रमा समाजको सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष घनश्याम थापाले बजेट अभावका बीच पनि विकासका कामहरु भैरहेको बताएका थिए ।

कार्यक्रममा समाजले वनमा डढेलो लागेको आगो निभाउन जाँदा शक्तघाईते भएका कालीगण्डकी गाउँपालीका-७ खसकोटका नामु गिरी,जानु भारतीलाई नगद रु ३७ हजार ५ सय ७७ र जनालाई ७५ हजार एक सय ५४ रुपयाँ सहयोग गरीएको गरिएको सम्पर्क समाजका अध्यक्ष राजकुमार केसीले जानकारी दिए ।

उनले सामाजिक काममा समाजले विगत लामो समयदेखि काम गर्दै आएको बताउँदै आगामीदिनमा पनि थप रचनात्मक समाजिक काम गर्ने प्रतिवद्धता समेत जानएका थिए ।

भुर्तुङ्ग-छापचौर-तराइ उनले समाजले सोचे भन्दा राम्रो काम गदै आएको बताए । यसै सोही कार्यक्रममा रोजगारीकोक्रममा विदेशमा मृत्युभएका शिशिर भारतीको परिवारलाई नगद ११ हजार एक सय सहयोग गरेको थियो ।

कालिगण्डकी गाउँपालिका ७ अमराईका रेशम थापा मृगौला फेल भएको उपचारका लागि ११ हजार एक सय सहयोग गरेका गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सल्लाहकार कुल बहादुर केसी, विद्यालयका पुर्व प्रअ पुन्य गौतम, नाम बहादुर केसी, लगायतले शुभकामना दिएका थिए । सोही कार्यक्रममा नयाँ बर्ष २०८० को भित्ते पात्रो विमोचन गरिएको थियो ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ३५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको