१४ भदौ २०८३, आइतबार | August 30, 2026

संस्थागत विद्यालयको कदम विरुद्ध बालेनको ‘एक्सन’, विद्यालयले किताव पोसाक बेचे कारवाही



काठमाडौं । काठमाडौंमा संचालनमा रहेका संस्थागत विद्यालयहरुले आफै किताव बेच्ने तथा विद्यालयले तोकेकै स्थानबाट पोशाक किन्न बाध्य बनाउने गरेको भन्दै काठमाडौं महानगरले त्यस्ता कार्य गर्ने विद्यालय विरुद्ध ‘एक्सन’ लिने भएको छ ।

विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेको भन्दै महानगरले त्यस्ता कदम विरुद्ध ‘एक्सन’ सुरु गरेको हो ।

विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको विद्यालयहरुलाई महानगरले स्मरण गराएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन निर्देशन समेत दिएको छ

महानगरले निर्देशिका विपरित गरेको पाइए कारवाही गर्ने त्यसको जवाफदेही विद्यालयका प्रिन्सिपल हुने समेत चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ५९ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका