३१ असार २०८३, बुधबार | July 15, 2026

तोशाखाना मुद्दा: लाहोर उच्च अदालतले इमरान खानको याचिकामा अप्रिल १२ मा सुनुवाइ गर्ने



लाहोर ।  पाकिस्तानको एक अदालतले पुर्व प्रधानमन्त्री इमरान खान विरुद्ध सुनुवाइ अप्रिल १२  मा गर्ने भएको छ ।

डन अखबारका अनुसार न्यायाधीश शाहिद बिलाल हसनको अध्यक्षतामा लाहोर उच्च न्यायालयको पाँच सदस्यीय बेन्चले १२ अप्रिलमा याचिकाको सुनुवाइ गर्नेछन ।

सो अदालतले तोशाखाना भ्रष्टाचार मुद्दाको बहुप्रतिक्षित सुनवाइ अप्रिल १२ मा गर्ने भएको हो  । र,  सो सुनवाइमा दुवै पक्षलाई यस विषयमा आफ्नो तर्क पेश गर्न अनुमति दिने बताएको छ ।

तोषखानाको उपहार बेचेको आरोप इमरान खान माथी छ।  इमरान खानलाई तोशाखानामा राखिएका उपहारहरू तत्कालीन प्रधानमन्त्रीका रूपमा पाएको महँगो घडी समेत सस्तो मूल्यमा किनेर नाफा कमाउन बेचेको आरोप छ।

तोषखाना पाकिस्तानको एक सरकारी विभाग हो, जहाँ सरकारका प्रमुखहरू, राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नोकरशाह र अधिकारीहरूलाई विदेशी प्रतिष्ठित व्यक्तिहरूले दिएका उपहारहरू राखिन्छन्।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : २७ बजे

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना