३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

‘लोक दोहोरी गीतप्रतिको महत्व र गरिमालाई बचाइराख्न चिन्तन गर्नुपर्ने बेला आयो’



बुटवल । लोक तथा दोहोरी गीतप्रतिको महत्व र गरिमालाई कायम राख्नका लागि चिन्तन गर्नुपर्ने बेला आएको यस क्षेत्रमा आवद्ध कलाकार तथा सर्जकहरुले जोड दिएका छन् ।

लोक संस्कृतिको माध्यमबाट समाजलाई दिने सन्देश र नयाँ पुस्तालाई यसको महत्व कायम राख्दै संस्कृति हस्तान्तरण गर्नका लागि सबैले सचेत र गम्भीर भएर सोच्नु पर्ने बेला आएको उनीहरुले बताएका छन् ।

राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेम हमालले चर्चा कमाउने र भाइरल हुने नाममा भद्दा शब्द र शैलीको प्रयोगले लोग गीतप्रति हेर्ने दृष्टिकोण फरक हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचनका अवसरमा बोल्दै उनले लोक संस्कृतीको जगेर्ना गर्ने काम लोक दोहोरी गायक तथा यसका शुभेक्षुकहरुको भएको बताए । लोक दोहोरीमा पछिल्लो समय अनुशासन तथा संस्कारहरु हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दे यसको सुधार गर्न आवश्यक रहेको बताए । ‘कला मृत्यूपछिको जीवन’ भएकाले नागरिकलाई मनोरञ्जनका माध्यमबाट परिवर्तनको बाटोमा हिँडाउन सकिने उनले बताए ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान नेपालका लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगरले प्रदेशका सबै जिल्लामा बिभीन्न कार्यक्रम गरी लोक दोहोरीको महीमा बारे जानकारी गराउँदै सबैलाई संगठित गराउने बए । यसैगरी दिप बोर्डिङका प्राचार्य टिकाराम न्यौपाने, सल्लाहकार प्रेम घर्ती मगर, संस्थाका कलाकार दुर्ग पौडेल लगायतले बोल्दै लोक दोहोरी जनताको सुसेली भएको बताए ।

कार्यक्रममा कलाकार बिष्णु सिँजाली र दुर्गा पौडेलले गित प्रस्तुत गरेका थिए । सोही अवसरमा अग्रज कलाकार डिला गाहा, तौमाया थापा मगर, चेतन ढकाल र राम पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अधयक्ष विजय सापकोटाको अध्यक्षता तथा प्रथम उपाध्यक्ष रितु थापाको स्वागत तथा सचिब बिधान कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ३१ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६