३१ असार २०८३, बुधबार | July 15, 2026

२ करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ ।

सो अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं ।कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’

उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ४३ बजे

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना