३१ असार २०८३, बुधबार | July 15, 2026

सन्दीप लामिछाने करणी प्रकरण : जाहेरिवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै बकपत्रका लागि झिकाउनू भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो ।

यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् ।

अदालतले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ ।

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा जारी छ । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेश लगत्तै सन्दीप थुनामुक्त भएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : २४ बजे

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना