९ पुस २०८२, बुधबार | December 24, 2025

रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली



मलेखु । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन ।

एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे ।

आफूले पहिलो पटक भ्यालीमा पाइला टेकेको भए पनि यहाँ पाइने पत्थरहरुको विशेषताबारे व्याख्या गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यहाँ पाइने रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु सङ्कलन गरेर सुरक्षित राखिरहेको बताए । यस्ता बहुमूल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उनले बताए ।

धादिङबेँसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए । अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पु¥याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहो¥याए ।

नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : २४ बजे

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्ना शैक्षिक

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका