२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशसभाले ५ वर्ष पछि फर्कायो उद्योग बाणिज्यसंघको भवन



बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले अस्थायी मुकाम बुटवलमा प्रयोग गरेको बुटवल उद्योग वाणिज्य संघको भवन तथा सभाहल ५ वर्षपछि फिर्ता गरेको छ । प्रदेशसभा सचिवालयले आईतबार उक्त भवन तथा सभाहल औपचारिकरुपमा संघलाई फिर्ता गरेको हो ।

प्रदेशको स्थापनासंगै प्रदेश सरकार र संघ बीच सम्झौता भई बुटवल उपमहानगरपालिका वडा नं ६ मा रहेको संघको भवन तथा सभाहलमा प्रदेश सभाको सचिवालय तथा प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो ।

प्रदेशको स्थायी राजधानी तोकिएपछि अहिले प्रदेश सभा सचिवालय तथा प्रदेशसभा दाङको राप्ती उपत्यका (देउखुरी)बाट सञ्चालन भएको छ । प्रदेशसभा तथा सचिवालय दाङ सरेसंगै बुटवल उद्योग वाणिज्य संघले प्रदान गरेको संघको कार्यालय भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी गराए ।

प्रदेश स्थापनाकालदेखि बुटवल उद्योग वाणिज्य संघले नेपालको संविधान र संघीयता कार्यान्वयन प्रक्रियामा प्रदेश व्यवस्थापिकालाई स्थापित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको र ऐतिहासिक योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद सहित भवन तथा सभाहल फिर्ता हस्तारन्तरण गरिएको उनले बताए ।

२०७४ भाद्र १५ गते राजपत्रमा प्रकाशित भएको आधारमा लुम्बिनी प्रदेशको क्षेत्र निर्धारण भएको थियो । नयाँ राजधानी तोकेपछि ‘छापामार शैली’मा रातारात प्रदेशसभाका सामाग्री सारिएको प्रदेशसभा सचिवालयलाई आरोप लागेपनि ढिला गरि बुटवल उद्योग बाणिज्यसंघलाई धन्यवाद सहित भवन फिर्ता गरिएको छ ।

त्यस अवसरमा संघको तर्फबाट कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, महासचिव विमलराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ५१ बजे

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड

बालेनले मात्र प्रयोग गर्ने गरेको महानगरको लिफ्ट अब सबै कर्मचारी र सेवाग्राहीका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहले मात्र प्रयोग

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको