३१ असार २०८३, बुधबार | July 15, 2026

लुम्बिनी विकास कोषले सटहीका लागि राष्ट्र बैंकलाई पठायो २० देशका मुद्रा



लुम्बिनी । लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित २० देशको रकम सटहीका लागि नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयलाई बुझाएको छ ।

कोष र राष्ट्र बैंकबिच चैत २२ गते भएको सम्झौता अनुसार हालसम्म सटही हुन नसकेका २० देशका मुद्राहरु सटहीका लागि राष्ट्र बैंकलाई बुझाइएको हो ।

लुम्बिनी विकास कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश सहितका देशहरुको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालय मार्फत सिआईएमबि बैंक सिंगापुर पठाइएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

उनले हालसम्म सटही नभएका २० देशको मुद्रा सटही भएर आउँदा त्यसले आगामि दिनमा सहजता ल्याउने बताए । ‘मायादेवी मन्दिरमा दानका रुपमा संकलित रकम लामोदेखि सटही भएको थिएन, सम्झौता अनुसार सटहीका लागि राष्ट्र बैंकलाई पठाइएको छ, सटही भएर आउनु हाम्रो लागि खुशिको कुरा हो’ उनले भने ।

श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, फिलिपिन्स, मकाउ, नोर्गिज क्रोनर, मोरिसस, न्यूजिल्याण्ड, ब्राजिल, जोर्डन, ताईवान, रसियन, स्विडेन, टर्की, इजिष्ट र बु्रनाईको रकम सटहीका लागि पठाइएको कोषका लेखा अधिकृत भिमबहादुर बस्नेतले जानकारी दिए ।

सोमबार कोषका तर्फबाट विकास लामाको रोहबरमा राष्ट्र बैंक सिद्धार्थनगरले सिंगापुरको एजेन्सी बैंकमा सटहीका लागि पठाइएको राष्ट्र बैंक सिद्धार्थनगरका मुकायम निर्देशक शान्ती प्रसाद पाण्डेले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन ।

चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे विच मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ४१ बजे

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य