५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जनउत्थान लघुवित्तद्धारा अपाङ्ग आश्रमलाई सहयोग



बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक उत्सवको अवरसमा अपाङ्ग आश्रमलाई सहयोग गरेको छ ।
सस्थाले वार्षिक उत्सवको अवरसमा बुटवल ११ प्रगतीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमलाई दैनिक उपभोग्य सामग्री तथा ३ सेट पङ्खा सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम गरेको आफूले थाहा पाएको र आज पनि यो पवित्र कार्य गरेकोमा संस्थालाई धन्यवाद दिए । राज्यले सहयोग गर्नुपर्ने यस्ता आश्रमहरुलाई संस्था तथा मनकारी व्यक्तिहरुको सहयोगले सञ्चालन हुदै आएको उनले बताए । यस अपाङ्ग आश्रमलाई व्यवस्थित र सुरक्षीत गर्न आफूले नगरपालिकामा कुरा उठाएको बताए ।

कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माले मूर्तिमा पैसा चडाएर भन्दा यस्ता असाहय अपाङ्ग, अनाथ र बृद्ध आश्रमहरुमा सहयोग गरे पुण्य मिल्ने बताए । कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो आश्रमलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा संस्थाको उच्च प्रगतीको कामना गरे ।

यस कार्यक्रमका सभा अध्यक्ष, संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायले हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले आफ्रनो वार्षिक उत्वसको अवसरमा ३९ वटा शाखा कार्यालय बाट सामाजिक उत्तरदायित्व सम्बन्धि रक्तदान, निःशूल्क आँखा परिक्षण, डस्विन वितरण तथा सरसफाई कार्यक्रमर अनाथ आश्रम, अपाङ्ग आश्रम, स्वास्थ्य चौकी, प्रहरी चौकीहरुमा विभिन्न आवश्यक खाद्यय समाग्रीहरु तथा भौतीक सामग्रीहरु सहयोग गरेर संस्थाको १३ औँ वार्षिक उत्सव मनाएको बताए । बुटवल शाखा प्रमुख गिरिराज रेश्मीले संचालन गरेको कार्यक्रममा बैंकिङ्ग समुदाय सदस्य सहित करिब ३८ जनाको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : १२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको