२ चैत्र २०८२, सोमबार | March 16, 2026

टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति



काठमाडौं। प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।

विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न उक्त दल सहमत भएका छन् । अर्को बैठक आगामी १ वैशाख शुक्रबार दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी समय तोकिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ११ : ५२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन