१२ बैशाख २०८३, शनिबार | April 25, 2026

संक्रमणकालीन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको विषय : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गरेका छन् ।

“हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो । कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ । हामीले दुनियाँका लागि एक नमुनाका रुपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौँ । द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ,”  प्रधानमन्त्री ओलीले भने- “नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानिबनसम्बन्धी कानुनलाई लिएका छौँ । राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुुसी व्यक्त गर्दछुु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ०१ बजे

गैरीगाउँको सुकुमवासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज