७ माघ २०८२, बुधबार | January 21, 2026

पेरुमा बस दुर्घटना : १० जनाको मृत्यु, २५ घाइते



लिमा । पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ किलोमिटरमा दिउँसो करिब २स्३० बजे भएको पेरुभियन राष्ट्रिय प्रहरीको राजमार्ग सुरक्षा डिभिजनका प्रमुख कर्नल भिक्टर मेजाले राज्य समाचार एजेन्सी एन्डिनालाई बताएका छन् ।

बस ह्वानुकोको केन्द्रीय विभागबाट राति ८ः०० बजे त्यसतर्फ प्रस्थान गरेको थियो । सो बस लिमा जाँदै गर्दा चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो । पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए ।

घाइते २५ जना मध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी घाइते भएका बस चालकलाई पनि दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लामा हिरासतमा राखिएको छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : १९ बजे

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत