६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री थारु र चिनियाँ राजदूतबीच भेटवार्ता



बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ राजदूत छन सोङ बीच भेटवार्ता भएको छ । पहिलो पटक लुम्बिनी प्रदेश आएका राजदूत सोङ र पूर्वमन्त्री थारुबीच कपिलवस्तुमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा पूर्वमन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत सोङलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना सहित लुम्बिनी प्रदेशमा स्वागत गरेका थिए ।

भेटमा थारुले प्रदेश राजधानी निर्माणमा चिनियाँ सरकारको सहयोगको अपेक्षा गरे । उनले चिनियाँ सहयोग थप बलियो बनाउदैँ चिनियाँ सरकार र लुम्बिनी प्रदेश बिच द्विपक्षीय सुमधुर सम्बन्ध बनाउन आग्रह गरेका थिए । भेटवार्तामा संसदीय गतिविधि आदान प्रदान लगायतका बिषयमा छलफल भएको उनले बताए ।

पूर्वमन्त्री थारुले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिदैँ लुम्बिनी प्रदेशको समग्र बिकास र प्रदेश राजधानीलाई नयाँ मोडलको सिटि बनाउने योजना आफुहरुले तयार पारेको बताए । उनले राजदूत सोङलाई लुम्बिनी प्रदेश राजधानी भ्रमणको लागी निमन्त्रणा समेत गरे ।

सो अवसरमा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवी राज पाख्रेलले भौतिक बिकासमा प्रदेशको अबस्था बारे राजदूत सोङ समक्ष ब्रीफिङ समेत गरेका थिए ।

चिनियाँ राजदूत सोङले मन्त्री थारुको प्रस्ताव र प्राधिकरण प्रमुखको ब्रीफिङ लाई संबोधन गर्दै लुम्बिनी प्रदेश बिकासका लागी चिनियाँ सरकार सधै सहकार्य गरी अगाडि बढ्ने बिश्वास व्यक्त गरे।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ५३ बजे

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक