७ पुस २०८२, सोमबार | December 23, 2025

वरिष्ठ उपाध्यक्ष ढकालले गरे अर्थतन्त्रलाई लयमा फर्काउने रणनीति तय गर्न वृहत् राष्ट्रिय विमर्शको आह्वान



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका सूचकहरुमा देखिन थालेको सुधारलाई गति दिन निजी क्षेत्र, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार र अर्थविद्हरुको सहभागितामा वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउनुपर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने समेत बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले अबको महासंघ नेतृत्वको रुपमा पाँच वटा प्राथमिकता रहेको समेत उल्लेख गरे । बृहत् राष्ट्रिय विमर्श आयोजना गरी अर्थतन्त्रका समस्या समाधानको रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारणको एजेण्डालाई महासंघले प्राथमिकता साथ अघि बढाउने ढकालको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष ढकालले हरेक प्रदेश र जिल्लामा ठूलाठूला नमूना आयोजना छनौट गरी त्यस्ता आयोजनामा स्थानीय, राष्ट्रिय र वैदेशिक लगानीको साझेदारीका लागि आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ४८ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत