२ असार २०८३, मंगलबार | June 16, 2026

वरिष्ठ उपाध्यक्ष ढकालले गरे अर्थतन्त्रलाई लयमा फर्काउने रणनीति तय गर्न वृहत् राष्ट्रिय विमर्शको आह्वान



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका सूचकहरुमा देखिन थालेको सुधारलाई गति दिन निजी क्षेत्र, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार र अर्थविद्हरुको सहभागितामा वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउनुपर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने समेत बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले अबको महासंघ नेतृत्वको रुपमा पाँच वटा प्राथमिकता रहेको समेत उल्लेख गरे । बृहत् राष्ट्रिय विमर्श आयोजना गरी अर्थतन्त्रका समस्या समाधानको रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारणको एजेण्डालाई महासंघले प्राथमिकता साथ अघि बढाउने ढकालको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष ढकालले हरेक प्रदेश र जिल्लामा ठूलाठूला नमूना आयोजना छनौट गरी त्यस्ता आयोजनामा स्थानीय, राष्ट्रिय र वैदेशिक लगानीको साझेदारीका लागि आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ४८ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी