३१ असार २०८३, बुधबार | July 15, 2026

बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु



काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका-८, झौलेक मोडमा मंगलबार राति करिब ११स्२५ बजे जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका-५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ५१ बजे

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा