७ पुस २०८२, सोमबार | December 23, 2025

बैंक ब्याजदरमा कटौती, वैशाख १ देखि निक्षेपको ब्याज एकल अंकमा



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।

नेपाल बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बुधबार बसेको संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९दशमलव ९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ। यस्तै, संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा झारेको छ ।

यसैगरी बचतको ब्याजदरमा पनि व्यापक कटौती गरिएको छ । बजतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतमा झारिएको संघले जनाएको छ । यस्तै कल डिपोजिटको ब्याजदर २ दशमलव ७ प्रतिशतमा झारिएको छ ।

वैशाखमा घटाइएको ब्याजदरले आगामी साउनदेखिको आधार दरमा प्रभाव पार्नेछ । त्यसपछि मात्र बैंकबाट विगतमा ऋण लिएकाहरुका लागि राहत मिल्नेछ । तर, बचतको ब्याजदर तत्कालै घट्ने हुँदा नयाँ ऋणीले तत्कालै राहत पाउनेछन् । उनीहरुका लागि तत्कालै कम आधार दरमा कम ब्याजदर उपलब्ध हुनेछ ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ५३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत