१३ श्रावण २०८३, बुधबार | July 30, 2026

बैंक ब्याजदरमा कटौती, वैशाख १ देखि निक्षेपको ब्याज एकल अंकमा



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।

नेपाल बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बुधबार बसेको संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९दशमलव ९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ। यस्तै, संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा झारेको छ ।

यसैगरी बचतको ब्याजदरमा पनि व्यापक कटौती गरिएको छ । बजतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतमा झारिएको संघले जनाएको छ । यस्तै कल डिपोजिटको ब्याजदर २ दशमलव ७ प्रतिशतमा झारिएको छ ।

वैशाखमा घटाइएको ब्याजदरले आगामी साउनदेखिको आधार दरमा प्रभाव पार्नेछ । त्यसपछि मात्र बैंकबाट विगतमा ऋण लिएकाहरुका लागि राहत मिल्नेछ । तर, बचतको ब्याजदर तत्कालै घट्ने हुँदा नयाँ ऋणीले तत्कालै राहत पाउनेछन् । उनीहरुका लागि तत्कालै कम आधार दरमा कम ब्याजदर उपलब्ध हुनेछ ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ५३ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ