काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकीर गर्दै उनले आफू र पार्टीबिरुद्ध अडिओ इडिटिङ गरेर बनाएको आरोप लगाए ।
फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडिओ अहिले ल्याएर हाल्नु हाम्रो पार्टीबिरुद्ध गररिएको प्रहार रहेको उनको भनाइ छ ।
‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने ।
यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको दाबी छ । पत्रकारहरुबाट प्रश्न नलिने गरि गरिएको पत्रकार सम्मेलन ५ मिनेटमा सकिएको थियो ।



















प्रतिक्रिया