२ चैत्र २०८२, सोमबार | March 16, 2026

डा. ढाकाकुमार श्रेष्ठ रास्वपाको साधारण सदस्यबाट निस्काशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यबाट निस्काशन गरेको छ । आज अपरान्ह बसेको रास्वपाको बैठकले श्रेष्ठलाई साधारण सदस्यबाट निस्काशन गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष रवि लामिछानेले रुेष्ठलाई साधारण सदस्यताबाट निस्काशन गरिएको जानकारी दिए । उनले पार्टीको बिधानको ५६(४) बोजिम साधारण सदस्यबाट निश्काशन गर्ने निर्णय भएको बताए ।

अडिओ प्रकरणले पार्टिको छबीमा ढक्का पुगेको ठहर गर्दै पार्टीले निर्णय गरेको उनले बताए । उनले अख्तियार लगायत सम्बन्धित निकायबाट छानबीन आग्रह गर्दै छानबीनमा पार्टीको पूर्ण सहयोग रहने बताए ।

पार्टीले बयान लिने क्रममा सांसद श्रेष्ठले अडिओमा भएको आवाज आफ्नो नभएको बताएको अध्यक्ष लामिछानेले बताए । उनले पार्टीले गरेको छानबिनमा त्यो अडियो ढाकाकुमारकै भएको पार्टिले ठहर गरेको पनि बताए । त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट प्रमाण हो ।’ उनले भने

उनले श्रेष्ठले पटकपटक बोली फेरेको र बार्गेनिङमा उभिएको आरोप समेत लगाए ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : २९ बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका