२५ भदौ २०८३, बिहिबार | September 10, 2026

न्यायाधीश गिरी र जाहेरी कर्ता गिरीपत्नी दुबै विरुद्ध अदालतबाट पक्राउ पुर्जी, न्यायाधीश थुनामा, श्रीमती फरार



कपिलवस्तु । वैवाहिक बलात्कार आरोपमा पक्राउ परेका न्यायाधीश भुवन गिरीलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप भएको छ । कपिलवस्तु प्रहरीले थुनामा राखी अनुसन्धान गर्न म्याद थपको माग गरेपछि अदालतले ५ दिनको समय दिएको हो ।

थपिएको अवधिमा गिरीमाथि लागेको आरोपको प्रमाण संकलन गर्ने र आरोप पुष्टी हुने वा नहुने विषयमा तहकिकात अनुसन्धान गरिने प्रहरीले जनाएको छ । आदालतमै कार्यरत रहँदा अभियोग लागेका न्यायाधीसमाथि सोही अदालतबाट पक्राउ पुर्जी जारी गर्ने र म्याद दिने सम्बन्धमा सम्भवत पहिलो घटना भएको बताइएको छ ।

उनी मंगलबार दिउँसो काठमाडौंस्थित गोंगबु (पवित्रनगर)बाट पक्राउ परेका थिए । उनलाई सोही साँझ हवाई मार्गबाट भैरहवा हुँदै कपिलवस्तु प्रहरीलाई बुझाइएको थियो । ‘वैवाहिक बलात्कार’को आरोपमा आफ्नै कान्छी श्रीमती आरती रावलले प्रहरीमा दिएको उजुरीका आधारमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०७८ फागुन १८ मा जिल्ला न्यायाधीशको परीक्षामा उत्तीर्ण भएका उनी २०७९ असारमा कपिलवस्तु अदालतमा पदस्थापन भएका थिए । उनीविरुद्धको जाहेरी लिन लामो समय आनाकानी गरेको कपिलवस्तु प्रहरीले उजुरी दर्ता गरे लगत्तै न्यायाधीस गिरी न्याय परिषद काठमाडौ सरुवा भएका थिए । कपिलवस्तु प्रहरीले जिल्ला अदालतबाट चैत २० मा गिरीविरुद्ध पक्राउ पुर्जी लिएर पक्राउका लागि काठमाडौं प्रहरीसँग सहयोग मागेको थियो ।

कान्छी श्रीमती आरतीले आफूमाथि श्रीमानबाट वैवाहिक बलात्कार भएको, बन्धक बनाएर कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले बहालवाला न्यायाधीश विरुद्धको उजुरी लिन आनाकानी गरेपछि आरतीले राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोग समेत गुहारेकी थिइन् ।

उता जाहेरी कर्ता गिरीपत्नी आरती रावल गिरीलाई पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको अदालत स्रोतले जनाएको छ । उनी विरुद्ध बाँके जिल्ला अदालतका कम्तीमा ५ वटा मुद्दा दर्ता भएको स्रोतको दाबी छ । न्यायाधीश गिरीले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउका छन् भने उनका आफन्तहरुले गालिबेइज्जतीको मुद्दा आरती विरुद्ध दर्ता गराएका छन् । स्थानीय धनराज पुरीले सरकारी कागज किर्ते गरेको अभियोगमा अदालतका दर्ता गराएको मुद्दाका आधारमा आरती विरुद्ध अदातलतबाट पक्राउ पुर्जी जारी भएको स्रोतले बतायो । नेपालगन्ज स्थित एक विद्यालयको सरकारी कागज दुरुपयोग गरि शैक्षिक प्रमणपत्र बनाएको आरतीमाथि आरोप छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १० : ४६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी