२७ भदौ २०८३, शनिबार | September 13, 2026

३९ दिनपछि घर फर्किइन् मन्तोरिया



जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन् । अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो ।

नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए । नगरप्रमुख यादवले एक लाख सहयोग गरेका छन् । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उनले बताए।

सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए। कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो ।

गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन ।

अस्पतालमा उपचारवापत आठ लाख ७४ हजार तिर्न बाँकी थियो । तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ११ : ४३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित