७ पुस २०८२, सोमबार | December 22, 2025

तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम र देशभरमा चौथो



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागतप्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले दिए ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिककार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथों स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।

अहिलेको प्राप्त उपलब्धीले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्याएको छ । तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाणले बताए । भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागि रहने नगर प्रमुख खाणले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  २ : ४० बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले