१२ माघ २०८२, सोमबार | January 26, 2026

बैशाख १ बाट बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनादेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बुधबार बसेको बैंकर्स संघको निर्णय आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।

नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ ।

वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ ।

वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए भने संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए ।

नयाँ ब्याजदर शुक्रबार अर्थात् भोलि वैशाख १ गतेबाट कार्यान्वयनमा जानेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ३ : ५४ बजे

बाँकेमा निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

बाँके । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ

सर्लाहीमा गगन थापालाई कांग्रेसी नेता कार्यकताले गरे भव्य स्वागत

सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले

चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध उजुरी

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको