२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नयाँवर्षमा शुसासन र संमृद्धिको नयाँ सपनाका साथ अघि बढौं : सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

नयाँवर्ष २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीले प्रदेश सभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि वढेको अवस्थामा नागरिकबाट निरन्तर साथ सहयोग तथा रचनात्मक सुझाव सल्लाहको अपेक्षा समेत गरेका छन् ।

‘समस्त लुम्विनी प्रदेशबासी आमा–बुवा, दिदी– बहिनी, दाजु–भाई, एवं माननीय प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण कर्मचारीहरुमा सुख, शान्ति, संमृद्धि तथा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन्, ‘नयाँ वर्षमा शुसासन र संमृद्धिको नयाँ सपनाका साथ अघि बढ्न सकियोस् ।’

मुलुकलाई आर्थिक, सामाजिक एवं राजनीतिक रुपमा अगाडी वढाउन सबैको अहम् भूमिका रहेको उल्लेख गर्दै सभामुख घर्तीले इमान्दारीता, कर्तव्यनिष्ट, जवाफदेही नागरिकको रुपमा आफूलाई स्थापित गरेर मुलुकको अभिभारा बोक्न सकेको खण्डमा मुलुकलाई गन्तव्यमा पु¥याउन सकिने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : १५ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण