२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नयाँवर्षमा शुसासन र संमृद्धिको नयाँ सपनाका साथ अघि बढौं : सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

नयाँवर्ष २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीले प्रदेश सभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि वढेको अवस्थामा नागरिकबाट निरन्तर साथ सहयोग तथा रचनात्मक सुझाव सल्लाहको अपेक्षा समेत गरेका छन् ।

‘समस्त लुम्विनी प्रदेशबासी आमा–बुवा, दिदी– बहिनी, दाजु–भाई, एवं माननीय प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण कर्मचारीहरुमा सुख, शान्ति, संमृद्धि तथा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन्, ‘नयाँ वर्षमा शुसासन र संमृद्धिको नयाँ सपनाका साथ अघि बढ्न सकियोस् ।’

मुलुकलाई आर्थिक, सामाजिक एवं राजनीतिक रुपमा अगाडी वढाउन सबैको अहम् भूमिका रहेको उल्लेख गर्दै सभामुख घर्तीले इमान्दारीता, कर्तव्यनिष्ट, जवाफदेही नागरिकको रुपमा आफूलाई स्थापित गरेर मुलुकको अभिभारा बोक्न सकेको खण्डमा मुलुकलाई गन्तव्यमा पु¥याउन सकिने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : १५ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ