९ पुस २०८२, बुधबार | December 25, 2025

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् ।

प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा श्रेष्ठले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए ।

“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताए ।

उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उनले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताउँदै भने, “उहाँको योगदानका आधारमा उहाँ नेपालको अन्तर्राष्ट्रिय धर्मदूत हुनुहुन्छ ।”

धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले धम्मवती गुरुमाको बुद्धधर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे व्याख्या गरिन् । उनले भनिन, “झण्डै २० वर्षअघि मैले उहाँको शिष्य बन्ने अवसर पाएको थिए । म राजनीतिमा प्रवेश गर्नुको प्रेरणा पनि उहाँ नै हो ।” उपमेयर डङ्गोलले महानगर धर्मकीर्ति विहारको स्थापना र सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताइन ।

विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मिएकी भिक्षुणी धम्मवतीको रुपमा बौद्धज्ञान बाड्दै आएकी छिन् । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को धोषणा गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ०३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना