३१ असार २०८३, बुधबार | July 15, 2026

बुटवलको मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा एक महिने ‘जुत्ता मेलासँगै म:म उत्सव’ लाग्ने



बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा ‘नेपाली जुत्ता मेलासँगै म:म उत्सव’ लाग्ने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लाग्ने भएको हो ।

आइतबार मेलाको तयारी बारे जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्ययले ५ हजार भन्दा बढी प्रकारका गुणस्तरीय नेपाली जुत्ताहरुको उत्पादनलाई फ्याक्टीबाट न्यूनत्तम मूल्यमा सिधै ग्राहक समक्ष पुराउनका लागि मेलाको आयोजना गरिएको बताए । मेलाको अवसरमा नेपाली जुत्ता घरमा आवद्ध ब्राण्डहरुले आफ्ना उत्पादनहरु नियमित भन्दा सस्तोमा ग्राहकलाई उपलब्ध गराउने मेलाका संयोजक चोलाकान्त पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि.एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स तथा स्मार्ट शुजको र एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

मेलामा जुत्ता चपलको प्रदर्शनीसँगै मोःमोः उत्सवको पनि आयोजना गरिएकाले गा्रहकहरुले सपिङ्गसँगै एक दर्जन भन्दा बढी मोःमोः का परिकारहरुको स्वाद लिन सक्ने संयोजक पाठकले बताए । मेलाको सुभारम्भ तथा समापनका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने संयोजक पाठकले बताए ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०१ बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज