१३ आश्विन २०८०, शनिबार | September 30, 2023

जङ्गलको जग्गा दिलाईदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ



नेपालगन्ज । बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए ।

प्रतिव्यक्ति रु पाँच सयदेखि रु एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झण्डै एक हजार पाँच सयको सङ्ख्यामा पहाडी जिल्लाका विभिन्न ठाउँबाट सुकुम्वासीका नाममा बाँकेको बैजनाथ– २ पितमारीको जङ्गलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजङ्ग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका–७ कि ६० वर्षीय सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिद्यदा अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान थालिएको डीएसपी तीवारीले बताए ।

जङ्गल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए । “केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शङ्कास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौ, सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्वासी बनाएर जङ्गल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौँ”, डिएसपी तिवारीले भने ।

जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झण्डै एक महिना अघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जङ्गल अतिक्रमण गर्न भनि ल्याइएकामध्ये धेरैजसो महिला बालबालिका ज्येष्ठ नागरिक रहेको तिवारीको भनाइ छ ।

उनका अनुसार बस्ती बस्न भनि आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काइएको छ । बाँकी आफन्तकोमा नै लुकेर बसेको र उनीहरुको पनि खोजी जारी रहेको उनले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरुबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए ।

 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ३९ बजे

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक

भोलिबाट बुटवल-पाल्पाको लुम्बिनी केबलकार बन्द हुने

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको

सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु जनतामाथिको बेइमानी र धोका : रवि लामिछाने

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण