२८ असार २०८३, आइतबार | July 12, 2026

हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिए, मालपोतमा जाँदा जग्गा नभेटिएपछि पक्राउ



काठमाडौं । हुँदै नभएको जग्गा देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो।

चौलागाईंले हुँदै नभएको जग्गा आफ्नो भनी एक व्यक्तिबाट बैनाबापत पैसा लिएको प्रहरीको आरोप छ ।सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएर पैसा बुझेका थिए । तर, मालपोतको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि उनीविरूद्ध बैना दिने ब्यक्ति उजुरी दिन पुगेका थिए।

उनलाई दक्षिणढोकाबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। जिल्ला अदालत काठमाडौंले उनीविरूद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

चौलागाईंविरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा परेका छन्। जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ४४ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास