२८ असार २०८३, आइतबार | July 12, 2026

पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी



काठमाडौं । पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत फेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका(१७ छोटेपाटन बस्ने ३१ वर्षीया इन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका-१ बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई रहेका छन्।

उनीहरूलाई पोखरा महानगरपालिका-६ कसाइडबाट बिहीबार अपराह्न पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए।

उनीहरूविरूद्ध पोखराकै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएपछि प्रहरीले खोजी थालेको थियो। उनीहरूलाई खोज्न गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोली खटिएको थियो।

प्रहरी निरीक्षक जिसीका अनुसार पक्राउ परेकाहरूले सुब्बालाई पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भनेर १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के(कस्ता हुन् खुल्न बाँकी छ।’

लेकसाइडमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये इन्दिरा र राजनको कोठाबाट प्रहरीले सेतो रंगको पारदर्शी ढुंगा ६ थान, रातो रंगको ढुंगा १ थान, विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ३ थान बरामद गरेको छ।

तिनै जनालाई शुक्रबार जिल्ला अदालत कास्कीबाट ठग सम्बन्धी मुद्दामा सात दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : १० बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास